News तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेल हुने, पर्सा र कास्की भिड्दै
गोलनेपाल

बाराको सिमरामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० अन्र्तगत आज अन्तिम सेमिफाईनल खेल हुदैछ ।

अन्तिम सेमिफाईनल खेल युनिटि भेट्रान क्लब पर्सा र फ्रिडम फाईटर क्लब काठमाण्डौबिच हुनेछ । सिमरा रंगशालामा हुने दुई टिमबिचको अन्तिम सेमिफाईनल खेल साझ ५ बजेपछि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ईन्दे«णी एकिकृत विकास केन्द्र पोखरा कास्कीलाई पराजित गर्दै फ्रिडम फाईटर क्लब काठमाण्डौ र क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकता भारतलाई पराजित गर्दै युनिटि भेट्रान क्लब पर्सा सेमिफाईनलमा प्रवेश गरेको हो ।

पहिलो खेलको निर्धारित समयमा ईन्देणी एकिकृत विकास केन्द्र पोखरा कास्की र फ्रिडम फाईटर क्लब काठमाण्डौले एक एक को बराबरी गोल गरेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पोखरा कास्कीलाई ४–३ गोल अन्तरले पराजित गर्दैै फ्रिडम फाईटरले सेमिफाईनलको यात्रा सुरक्षित गरेको हो ।

यस्तै दोश्रो खेलमा क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकता भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै युनिटि भेट्रान सेमिफाईनल प्रवेश गरेको हो । प्रतियोगिता अन्र्तगत आयोजक सिमरा भेट्रान क्लब यसअघि नै प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ । उपाधीको लागी फाईनल भिडन्त भोलि हुदैछ । स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो । प्रतियोगितामा बंगलादेश भेट्रान्स क्लब, क्लिबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जलिङ भेट्रान्स क्लब, साविक विजेता मोरङ भेट्रान्स क्लब, साविक उपविजेता चितवन भेट्रान्स क्लब, ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाण्डौ, फ्रिडम फाईटर भेट्रान्स क्लब काठमाण्डौ, वीरगन्ज युथ एकेडेमी, अभिशेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजकको सहभागिता रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा सुरु भएको प्रतियोगितालाई सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाको चौबिस वटै वडा कार्यालय, हुलास स्टील, सुर्य नेपाल, नारायणी रोलिङ मिल, नविल बैंक, युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टील, अल्पाईन अस्पताल, एभरग्रिन तराई सिमरा अस्पताल, एलएस न्युरो अस्पताल वीरगन्ज, बारा जिल्ला फूटवल संघ, नव जनजागृति युवा क्लब, सुसप्त मेडिकल, युआर अटामेटिक लण्ड्री, सगरमाथा इन्स्योरेन्स, वर्डलिंकलगायतका संघसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।

Post Comments