News नेत्र बहादुर आचार्य क्षेत्री स्मृति खुला फुटसल शुरु
सुरज राना मगर

मणिग्राम । शिवनगर युवा क्लब, बुटवल–७, दिपनगरको आयोजनामा नेत्र बहादुर आचार्य क्षेत्री स्मृति दुई दिने खुला फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।

मणिग्राम, रुपन्देही स्थित युनिक फुटसलमा शुरु भएको प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच स्व. नेत्र बहादुर आचार्य क्षेत्रीकी श्रीमती हिरादेवी आचार्य क्षेत्र, आयोजक क्लबका अध्यक्ष सरोज शेरचन लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको पहिलो दिन क्वाटरफाइनलसम्मका खेलहरु सम्पन्न भएको र सेमिफाइनल समिकरण पनि पूरा भएको खेल संयोजक सोम गुरुङले बताए । सेमिफाइनल खेलहरु भने असोज १३ गते शनिबार हुनेछ ।

सेमिफाइनलतर्फ इन्टर स्पोर्टसले डिएमसीसँग खेल्नेछ भने अर्काे सेमिफाइनलमा एम्मा एफसीले युनिक फुटसलको सामना गर्नेछ । त्यस्तै फाइनल खेल पनि शनिबार नै हुने संयोजक सोम गुरुङले जानकारी दिए ।

स्थानीय फुटसल खेलाडीहरुलाई अवसर प्रदान गर्न र फुटसल प्रतियोगिताको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सरोज शेरचनले बताए ।

कुल २४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन स्व. नेत्र बहादुर आचार्य क्षेत्रीको परिवारले गरेको पनि आयोजकले जानकारी दियो ।

Post Comments