News तालतलैया फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने
गोलनेपाल

इटहरी । संघर्षपुर्ण जितका साथ तालतलैया फुटबल क्लब यहाँ जारी दोस्रो वडा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इटहरी–१७ स्थित विसनपुर खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा तालतलैयाले संकल्प युथ क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा तालतलैयाका मनिष माझी म्यान अफ द म्याच घोषित भए । तालतलैयाले अब असोज १४ गतेका दिन हुने फाइनलमा एपिएफ पकलीसँग उपाधिका लागि भिड्नेछ ।

द ड्रिम्स क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments