हरिवन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विजयादशमी र शुभ दिपावलीको अवसर पारी नमस्ते युवा क्लब, हरिवन–६, चारलिक, सर्लाहीको आयोजनामा असोज २० गतेदेखि हुन गईरहेको प्रथम रोमन कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
हरिवन–६ स्थित चारलिक खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमस्ते युवा क्लब र योङ स्टार युनाइटेड क्लब भिड्ने छन् ।
युवा खेलप्रेमी तथा फुटबल अभियन्ता रोमन लामाको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,००,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक ५ गतेका दिन हुनेछ ।
आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न