News अमेरिकामा दशैं कप हुँदै
गोलनेपाल

काठमाडौं । हिमालय बाल्टीमोर युनाइटेड एफसी, अमेरिकाको आयोजनामा यही अक्टुबर १४ र १५ तारीखका दिन अमेरिकामा रहेका नेपाली समुदायका टोलीहरुबीच दशैं कप फुटबल प्रतियोगिता हुने भएको छ ।

मेरिल्याण्ड स्थित क्याटन्सभिलेमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाउने छन् । यद्यपि ३० वर्ष माथिको तीन खेलाडीहरुलई पनि सामेल गर्न सकिने आयोजकले जानकारी दियो । साथै गोलरक्षकको हकमा भने कुनै उमेरको हदबन्दी नरहेको पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५०० अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले १५०० सय डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments