News इजरायली लिगमा साबित्राको गोल
गोलनेपाल

काठमाडौं । एसियन गेम्स खेलेर फर्किए लगतै क्लब ड्युटीका लागि व्यवसायीक फुटबल खेल्न इजरायल पुगेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले क्लब फुटबलमा आफ्नो सुन्दर लयलाई भने निरन्तरता दिएकी छिन् ।

इजरायलको महिला लिगतर्फ बिहीबार राती सम्पन्न खेलमा साबित्राको टोली हापोएल रा’नानाले हापोएल काटामोन जेरुसेलमसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।

खेलमा रा’नानाका लागि थोम्पसन र साबित्राले गोल गरिन् । रा’नानाले आफ्नो आगामी खेल अक्टुबर १२ तारीख बिहीबारका दिन आसा तेल अभिभ विरुद्ध खेल्ने कार्यक्रम छ ।

Post Comments