News निम्स नेशनल हस्पिटललाई उपाधि
गोलनेपाल

दमक । यहाँ सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर हस्पिटल फुटसल प्रतियोगिताको उपाधि दमकको निम्स नेशनल हस्पिटलले जितेको छ । विस्ट फुटसलमा भएको फाइनलमा विर्तासिटी हस्पिटल, विर्तामोडलाई हराउँदै निम्स नेशनलले उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको निम्सले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता विर्तासिटीले नगद २० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो । विर्तासिटीका असिम भट्टराई उत्कृष्ट गोलरक्षक चुनिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी विर्तासिटीका पिताम्बर निरौला घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार निम्सका निरज बोहोराले हात पारे ।

प्रतियोगितामा कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाबाट एक दर्जन टिमले भाग लिएका थिए । सो प्रतियोगिताको फाइनल खेल हुनुअघि पत्रकार टिम र आयोजक टिमबीच मैत्रीपूर्ण खेल भएको थियो । सो खेलमा आयोजकले पत्रकार टिममाथी जित हासिल गरेको थियो ।

सीटिसी फिजियोथेरापी, विकास एडभरटाईजीङ्ग एजेन्सी र रोपाना वेल्नेस सेन्टर, दमकको संयुक्त आयोजनामा भएको फुटसल प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज चौंलागार्इँ, आयोजक समितिका अध्यक्ष बिनोद भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।

 

 

Post Comments