
बराहक्षेत्र । मितेरी क्लब, इनरुवा, सुनसरी यहाँ जारी छैठौं प्रकाशपुर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
मंगलबार भएको चौथो क्वाटरफाइनलमा रामधुनी आदर्श क्लब, रामधुनी, सुनसरीलाई २–१ ले हराउँदै मितेरी अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
मितेरीको जितमा कोमल खवास र बिजय उराउले गोल गरे । पराजित रामधुनीका लागि साजन राईले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा मितेरीका कोमल खवास म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तरगत असोज २४ गते बुधबारको पहिलो सेमिफाइनल खेल पूर्वाञ्चल एपिएफ, पकली, सुनसरी र पञ्चकन्या फुटबल क्लब, उदयपुरबीच हुने आयोजकले जानकारी दियो ।
बराहक्षेत्र नगर खेलकुद समितिको प्रायोजन तथा बराहक्षेत्र नगरपालिका वडा नम्बर १० को कार्यालयको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
प्रकाशपुर फुटबल क्लब, बराहक्षेत्र–१०, पकाशपुर, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल भने यही असोज २७ गतेका दिन हुनेछ ।