News वाईवाई तेस्रो बराहक्षेत्र गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बराहक्षेत्र । ‘हाम्रो गोल दुव्र्यसन विरुद्धको बोल’ भन्ने नाराका साथ यही असोज २९ गतेदेखि शुरु हुन गईरहेको वाईवाई तेस्रो बराहक्षेत्र गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बराहक्षेत्र–६, चक्रभट्टी स्थित महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा असोज २९ गतेका दिन बराहक्षेत्र–११ र बक्लौरी फुटबल क्लब भिड्ने आयोजकले जानकारी दियो ।

चक्रभट्टी फुटबल क्लब, बराहक्षेत्र–६, चक्रभट्टी, सुनसरीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने कार्तिक ६ गतेका दिन हुनेछ । साथै, प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

Post Comments