News सौजन पनि अष्ट्रेलिया प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपालको घरेलु फुटबलमा आफ्नो सफल पहिचान बनाउन सफल ए डिभिजन खेलाडी सौजन राईले पनि आफ्नो सुनिश्चित भविष्यका लागि अष्ट्रेलियालाई रोजेका छन् ।

पछिल्ला केही वर्ष यता विभागीय टोली नेपाल पुलिस क्लबका नियमित सदस्य रहेका सौजनले अन्य नेपाली खेलाडीहरु सरह आफ्नो सुनिश्चित भविष्यका लागि विदेश नै रोजेका हुन् ।

सम्बन्धित निकायको कमजोर फुटबल नीति र व्यवस्थापन कै कारण हाल अधिकांश राष्ट्रियस्तरका खेलाडीहरु विदेश पलायन भईसकेका छन् । त्यही सूचीमा सौजनको नाम मात्र थपिएको हो । साथै खेलाडी विदेश पलायनको यात्रा अझै जारी रहने धेरैको बुझाई छ ।

सौजनले अष्ट्रेलियामा सगरमाथा फुटबल क्लबका लागि खेल्ने बताइएको छ । अष्ट्रेलिया पुगेका अधिकांज खेलाडीहरु त्यहाँको कम्युनिटी लेभल फुटबल खेल्न मै व्यस्त छन् । पछिल्लो समय अष्ट्रेलिया पुग्ने नेपाली फुटबल खेलाडीहरुको सूची ५० भन्दा माथी पुगिसकेको छ । र, यो संख्या अझै बृद्धि हुने निश्चित पनि छ ।

Post Comments