News १५औं सुनसरी च्याम्पियनसिपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

रामधुनी । जनचेतना युवा क्लब, रामधुनी–२, कुम्याही, सुनसरीको आयोजनामा यही कार्तिक १६ गतेदेखि शुरु हुन गईरहेको १५औं सुनसरी च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

रामधुनी–२, सुनसरी स्थित कुम्याही खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक १६ गतेका दिन जब्दी युवा क्लब, इटहरी र न्यु सुनगाभा युवा क्लब, सैनिक बराह बीच हुने खेलतालिकामा उल्लेख छ ।

रामधुनी नगरपालिकाको कार्यालय तथा रामधुनी नगरपालिका वडा नम्बर २ को कार्यालय, सुनसरीको विशेष सहयोग रहने प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गतेका दिन हुनेछ ।

Post Comments