
चरिकोट । विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारी दोलखा जिल्ला फुटबल संघको आयोजनामा यही कार्तिक १९ देखि २५ गतेसम्म बागमती प्रदेश क्लबस्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
चरिकोट, दोलखा स्थित भिमेश्वर रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रचार, प्रसार, मैदान व्यवस्थापन, आर्थिक, प्राविधिक लगायतका विषयहरुको तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको आधिकारिम मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न