चरिकोट । विजयादशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारी दोलखा जिल्ला फुटबल संघको आयोजनामा यही कार्तिक १९ देखि २५ गतेसम्म बागमती प्रदेश क्लबस्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
चरिकोट, दोलखा स्थित भिमेश्वर रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारीहरु पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रचार, प्रसार, मैदान व्यवस्थापन, आर्थिक, प्राविधिक लगायतका विषयहरुको तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको आधिकारिम मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)