News शैलुङ मेहनती, थान्सिङ, लिखुभुजी र आकाशे ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

टोकरपुर । शैलुङ मेहनती युवा क्लब, थान्सिङ युवा क्लब, लिखुभुजी रामेछपमा युवा क्लब र आकाशे ब्वाईज क्लब यहाँ जारी प्रथम दोरम्बा शैलुङ शहिद स्मृति कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुर स्थित स्थानीय खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा शैलुङ मेहनतीले निगुरे युवा समाजलाई टाईब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा थान्सिङले आयोजक दोरम्बा शैलुङ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । तेस्रो क्वाटरफाइनलमा लिखुभुजीले न्यु स्टार युवा क्लबलाई १–० ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो ।

त्यस्तै अन्तिम तथा चौथो क्वाटरफाइनलमा आकाशे ब्वाईजले सुनभागा डेभलपमेन्ट युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

दोरम्बा शैलुङ स्पोर्टस क्लब, दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुनेले १ लाख तथा सान्त्वना पुरस्कार २५ हजार राखिएको पनि आयोजकले जनाएको छ ।

Post Comments