News झापा एफसीले 'ट्यालेन्ट हन्ट'को आयोजना गर्दै
गोलनेपाल

झापा । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पहिलोपटक सहभागिता जनाउन गईरहेको झापा फुटबल क्लबले ट्यालेन्ट हन्टको आयोजना गर्ने भएको छ ।

सुपर लिगमा क्षमतावान र उदीयमान स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ ट्यालेन्ट हन्टको आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

ट्यालेन्ट हन्ट कार्यक्रम झापा मै आयोजना हुने बताइएको छ । यद्यपि मिति र कार्यक्रम स्थलबारे भने छिटै जानकारी गराईने पनि क्लबले जानकारी दियो ।

स्मरण रहोस, आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगको तयारीका लागि अहिले झापा पनि व्यस्त छ । क्लबले केही विदेशी खेलाडीहरुलाई पनि अनुवन्ध गरिसकेको छ ।

टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिओल मोहेडानो रहेका छन् भने क्लबको मार्की खेलाडीमा नेपालका स्टार फरवार्ड अन्जन बिष्ट रहेका छन् ।

Post Comments