News गोर्खा ब्वाईज मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

कोहलपुर । साँघुरो जितका साथ गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलतर्फ गोर्खा ब्वाईजले सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिगाहा खेलमैदानमा भएको खेलमा गोर्खा ब्वाईजका लागि शक्ति राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा गोर्खा ब्वाईज कै सदिप केसी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत कार्तिक १७ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल दावेदार चर्च ब्वाईज युनाइटेड र गोर्खा ब्वाईज स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

रेसिङ सहारा क्लब, कोहलपुर–२, बाँकेको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २२ गतेका दिन हुनेछ ।

Post Comments