News
फाकफोकथुम कपको तयारी पूरा (खेलतालिकासहित)

फाकफोकथुम । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही कार्तिक १८ गते शनिबारदेखि शुरु हुन गईरहेको फाकफोकथुम कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
फाकफोकथुम–७, दोकनडाँडा, इलामस्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक २५ गतेका दिन हुनेछ ।
फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम–७, दोकनडाँडा, इलामको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ । त्यस्तै उपविजेता तथा व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
Post Comments