
लसुने । रियल लसुने युवा क्लब, तेह्रथुमको आयोजनामा यही कार्तिक २० देखि शुरु हुन गईरहेको दोस्रो दिपावली कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को संगम स्थलमा रहेको लसुने बजार स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक २० गतेका दिन म्याङलुङ एफसी र कुसाङ एफसी भिड्ने छन् ।
लालीगुराँस नगरपालिका, तेह्रथुमको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुमन लिम्बुले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक लिम्बुले जानकारी दिए ।
कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने कार्तिक २५ गतेका दिन हुनेछ । साथै सोही अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने आयोजकले जनाएको छ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न