News दोस्रो चरिङ्गे कप हुँदै
गोलनेपाल

घोराही । द युनाइटेड युथ क्लब, घोराही–२, बुका, दाङको आयोजनामा यही कार्तिक २२ गतेदेखि दोस्रो चरिङ्गे कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

घोराही–२ स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि कार्तिक १९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments