News एन्फाद्वारा सबै फुटबल गतिविधी स्थगित गर्ने घोषणा
गोलनेपाल

काठमाडौं  । कोरोना भाइरसको सन्त्रासका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै फुटबल गतिविधीहरु तत्कालका लागि स्थगन गर्ने घोषणा गरेको छ ।

सरकारको निर्देशन बमोजिम एन्फाले आगामी चैत्र ३ गतेदेखि धरानमा हुने उपमेयर राष्ट्रिय महिला लिग पनि स्थगित गरिएको छ । साथै राष्ट्रिय फुटबल टोलीको अभ्यास सत्र पनि तत्कालका लागि स्थगित गरिएको छ ।

त्यति मात्र नभएर एन्फाले आफू मातहतका सबै जिल्ला फुटबल संघहरुलाई अग्रिम सूचना जारी नगर्दासम्म कुनै किसिमको फुटबल गतिविधी नगर्न अपिल समेत गरेको छ ।

साथै हाल भईरहेका प्रतियोगिताहरु सम्बन्धित निकाय वा सरकारले रोक्न निर्देशन दिए मात्र रोक्ने जनाएको छ । स्मरण रहोस, कोरोना भाइरस कै कारण नेपालमा आगामी मार्चमा हुने भनिएको फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटका खेलहरु पनि तत्कालका लागि स्थगित गरिएको छ ।

Post Comments