News शनिश्चरे एफसी क्वाटरफाइनलमा
गोलनेपाल

झापा । शनिश्चरे फुटबल क्लब जारी वाई–वाई जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित गणेश माविको खेलमैदानमा भएको खेलमा शनिश्चरेले प्रतिभा फुटबल क्लब चारआलीलाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

शनिश्चरेको जितमा खेलको ३१औँ मिनेटमा नानि लिम्बुले पहिलो गोल गरे भने खेलको ५८औँ मिनेटमा मुकुल शिवाले दोस्रो गोल गरे । उता पराजित प्रतिभा फुटबल क्लब चारआलीका लागि ६७औँ मिनेटमा जमिन लिम्बुले एक मात्र गोल गरे ।

खेलमा शनिश्चरेका नानि लिम्बु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको खेल मुनाल क्लबm चन्द्रगढी र सताक्षी स्र्पोटिङ्ग क्लबm झिलझिले बीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले जानकारी दिए ।

Post Comments