काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कपको दोस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार भएको आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा प्रभावशाली जित हात पारेको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले दोस्रो नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको पोखरा थन्डर्सलाई ५–० ले हरायो । नेपालका लागि हिसुब थपलियाले दुई गोल गरे भने उत्सव राई, जिलेस्पी जंग कार्की र एरिक बिष्टले एक–एक गोल गरे ।
स्मरण रहोस, हाल बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले यसअघि भएका दुई मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल सुपर लिग खेल्ने तयारी मै रहेका ललितपुर फुटबल क्लब र बिरगंज युनाइटेड फुटबल क्लबलाई हराएको थियो ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले बलियो युएई, बहराईन र यमनसँग खेल्ने कार्यक्रम छ ।
छनौट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यही नोभेम्बर १६ तारीखका दिन दुबईमा युएईको सामना गर्दैछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान