
काठमाडौं (एजेन्सी) । कोभिड महामारीका कारण चार वर्षपछि शुरु फिफा यु–१७ विश्वकपको १९औं संस्करण एसियाली राष्ट्र इण्डोनेसियामा शुक्रबारदेखि भव्यताका साथ शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन आयोजक इण्डोनेसियाले सुखद समेत गरेको छ । समूह ए मा रहेको इण्डोनेसियाले आफ्नो पहिलो खेलमा शुक्रबार बलियो इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । त्यस्तै सोही समूहको अर्को खेलमा भने मोरक्कोले पनामालाई २–० ले हरायो ।
त्यस्तै शुक्रबार नै भएको समूह बी तर्फको खेलमा मालीले अर्को एसियाली राष्ट्र उज्वेकिस्तानलाई ३–० ले हरायो भने सोही समूहको अर्को खेलमा दावेदार मध्ये एक स्पेनले क्यानडामाथि २–० को जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।
आउँदो डिसेम्बर २ तारीखसम्म चल्ने प्रतियोगितामा कुल २४ टोलीहरु सहभागि छन् । दक्षिण अमेरिकी महारथी ब्राजील प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात