News फ्रान्स, अमेरिका, जर्मनी र भेनेजुएलाको जित
गोलनेपाल

काठमाडौं । जारी फिफा यु–१७ विश्वकपतर्फ आइतबार सम्पन्न चार खेलहरुमा दावेदार फ्रान्स, अमेरिका, जर्मनी र भेनेजुलाएलाले विजयी शुरुवात गरेका छन् ।

समूह ई तर्फ पूर्व विजेता फ्रान्सले आफ्नो पहिलो खेलमा बुर्किना फासोलाई शून्यका विरुद्ध ३ गोलले हरायो । त्यस्तै सोही समूहको अर्को खेलमा अमेरिकाले एसियाली राष्ट्र दक्षिण कोरियालाई ३–१ ले निराश तुल्यायो ।

समूह चरणको दोस्रो खेलमा नोभेम्बर १५ तारीखका दिन अमेरिकाले बुर्किना फासोको सामना गर्नेछ भने सोही दिन फ्रान्सले दक्षिण कोरियासँग खेल्नेछ ।

त्यस्तै समूह एफतर्फ भेनेजुएलाले न्युजिल्याण्डमाथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दा जर्मनीले पूर्व विजेता मेक्सिकोलाई ३–१ ले हरायो । समूह चरणको दोस्रो खेलमा भेनेजुएलाले मेक्सिकोको सामना गर्दा सोही दिन जर्मनी र न्युजिल्याण्ड पनि भिड्ने छन् ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहर नकआउट चरणमा प्रवेश गर्नेछन् । एसियाली राष्ट्र इण्डोनेसियामा जारी प्रतियोगिताको फाइनल डिसेम्बर २ तारीखका दिन हुनेछ ।

Post Comments