News
नेपाल सुपर लिगको ‘ब्रोडकास्ट पार्टनर’ बन्यो हिमालय टिभी
काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा हुन गईरहेको बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को आधिकारिक ब्रोडकास्ट पार्टनर हिमालय टिभी बनेको छ ।
र्
एनएसएलले सोमबार मात्रै हिमालय टिभी लिगको ब्रोडकास्ट पार्टनर बनेको कुरा सार्वजनिक रुपमा घोषणा समेत गरेको हो । स्मरण रहोस, सुपर लिगको पहिलो संस्करणमा एपि वान टिभी आधिकारिक ब्रोडकास्ट पार्टनर रहेको थियो ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र नवप्रवेशी टोली स्र्पोटिङ इलाम भिड्ने छन् । कुल ९ टोलीहरुले सहभागिता जनाउने लिगको समापन भने पुष १४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)