News अमेरिका, फ्रान्स र जर्मनीको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा यु–१७ विश्वकपतर्फ अमेरिका, फ्रान्स र जर्मनीले समूह चरणमा लगातार दोस्रो जित दर्ता गरेका छन् । समूह ई तर्फ अमेरिकाले आफ्नो दोस्रो खेलमा बुर्किना फासोलाई ३–१ ले हराउँदा जर्मनीले दक्षिण कोरियामाथि १–० को साँघुरो जित निकाल्यो ।

समूह चरणको पहिलो खेलमा अमेरिकाले दक्षिण कोरियालाई ३–१ ले हराएको थियो भने जर्मनीले बुर्किना फासोमाथि ३–० को जित दर्ता गरेको थियो । सर्मूह चरणको दोस्रो खेल पश्चात् ६–६ अंक जोडेका फ्रान्स र अमेरिका पहिलो र दोस्रो स्थानमा छन् । साथै नकआउट चरणमा पनि स्थान लगभग सुरक्षित गरेका छन् ।

अंकविहीन दक्षिण कोरिया र बुर्किना फासो भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा १८ नोभेम्बरका दिन अमेरिकाले फ्रान्सको सामना गर्नेछ भने सोही दिन दक्षिण कोरिया र बुर्किना फासो पनि भिड्ने छन् ।

जर्मनीको सम्भावना लगभग तय

समूह एफ मा लगातार दोस्रो जित निकाल्ने क्रममा दावेदार जर्मनीले न्युजिल्याण्डमाथि ३–१ को जित दर्ता गर्यो । र, नकआउट चरण प्रवेशको सम्भावना लगभग निश्चित गर्न पनि सफल भयो । समूह एफ कै अर्को खेलमा मेक्सिको र भेनेजुएलाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

समूह चरणको पहिलो खेलमा जर्मनीले मेक्सिकोलाई समान ३–१ अन्तरले हराएको थियो भने भेनेजुएलाले न्युजिल्याण्डमाथि ३–० को जित निकालेको थियो । दोस्रो चरणको खेलपश्चात दुई खेलबाट ६ अंक जोडेको जर्मनी शिर्ष स्थानमा छ । ४ अंकका साथ भेनेजुएला दोस्रो स्थानमा छ ।

एक अंक जोडेको मेक्सिको तेस्रो स्थानमा रहँदा अंकविहीन न्युजिल्याण्ड पुछारमा छ । समूह चरणको अन्तिम खेलमा १८ नोभेम्बरका दिन मेक्सिकोले न्युजिल्याण्डको सामना गर्दा सोही दिन जर्मनी र भेनेजुएला पनि भिड्ने छन् ।

 

Post Comments