News गीताले सेथुका लागि आई लिग खेल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य तथा अनुभवी डिफेन्डर गीता रानाले भारतको शिर्ष महिला फुटबल प्रतियोगिता आई लिगमा सेथु फुटबल क्लबका लागि खेल्ने भएकी छिन् ।

गीतालाई अनुवन्ध गरेको कुरा सेथुले पनि आफ्नो आधिकारिक पेजमार्फत जानकारी गराएको छ । नेपालकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बा पनि सेथु मै आवद्ध छिन् । अन्जिलाले गत सिजन पनि सेथु कै लागि खेलेकी थिईन् ।

आउँदो डिसेम्बर पहिलो सातादेखि शुरु हुन गईरहेको इण्डियन वुमन्स लिग (आई लिग) मा यसपटक पनि धेरै नेपाली महिला खेलाडीहरुले अवसर पाउने अनुमान गरिएको छ । गत सिजन साबित्रा भण्डारी, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, रेखा पौडेल लगायतले पनि आई लिग खेलेका थिए ।

साथै गत सिजनको लिग साबित्राको टोली गोकुलम केरलाले जितेको थियो ।

 

Post Comments