News भिमाद अर्ना कप हुँदै
गोलनेपाल

भिमाद । ‘युवा एकता स्वास्थ्यको लागि खेलकुद मनोरञ्जनको लागि फुटबल’ भन्ने नाराका साथ यही मंसिर ७ देखि १३ गतेसम्म तनहुँको भिमाद नगरपालिकामा भिमाद अर्ना कप खुला फूटबल प्रतियोगिता–२०८० हुने भएको छ ।

युवा क्लब भिमाद, भिमाद नगरपालिका–६, तनहुँको आयोजना तथा भिमाद नगर उद्योग वाणिज्य संघ, तनहुँको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको यही मंसिर ५ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको छ ।

भिमाद नगरपालिका–६ स्थित भिमाद रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि लगभग पूरा भएको खेल संयोजक ज्ञानेन्द्र गुरुङले जानकारी दिए । यति ब्रुहरी लिमिटेडको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भिमाद नगरपालिका, भिमाद, तनहुँ संरक्षक रहेको प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए । स्थानीय खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ आयोजना हुन गईरहेको प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको पनि उपस्थिति रहने अपेक्षा आयोजक गरेको छ ।

 

Post Comments