News चितवनमा लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु
गोलनेपाल

चितवनमा सुरु भएको लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका काठमाडौंले विजयी सुरुवात गरेको छ ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको उद्घाटन खेलमा गोकर्णेश्वरले अभिषेक चर्च रजहरलाई १-० ले हरायो । गोकर्णेश्वरको जितमा अन्जली मादमसीले निर्णायक गोल गरिन् । उनले १९ औं मिनेटमा गरेको गोल नै गोकर्णेश्वरलाई जिताउन पर्याप्त भयो । खेलमा गोकर्णेश्वरले रजहरविरुद्ध लगातार प्रेसर बनाएको थियो । अन्जली प्लेयर अफ दि म्याच बनिन् । प्रतियोगितामा बुधबार ३ खेल हुनेछ ।

पहिलो खेलमा बिहान ८ बजे चितवन जिल्ला फुटबल संघ र नवलपुर फुटबल क्लब नवलपुर भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे रौतहट महिला फुटबल एकेडेमी र बागमती खेलकुद बिकास समिति मकवानपुर भिड्नेछन् । यस्तै तेस्रो तथा अन्तिम खेलमा दिउँसो ३ बजे अल स्टार स्पोर्टस धनगढी र सर्लाही महिला फुटबल एकेडेमी भिड्नेछन् ।

मंसिर ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

Post Comments