News इङल्याण्डमाथि उज्वेकिस्तानको सनसनी, फ्रान्सको संघर्षपुर्ण जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । सन् २०१७ को विजेता तथा दावेदार मध्ये एक इङल्याण्डलाई स्तब्ध पार्दै जारी फिफा यु–१७ विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने उज्वेकिस्तान एक्लो एसियाली टोली बनेको छ ।

प्रतियोगिताको सातौं प्रिक्वाटरफाइनलतर्फ उज्वेक्रिस्तानले इङल्याण्डमाथि २–१ को सनसनीपूर्ण जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

त्यस्तै अन्तिम प्रिक्वाटरफाइनलमा अर्को दावेदार टोली फ्रान्सले संघर्षपुर्ण जितका साथ क्वाटरफाइनल यात्रा तय गर्यो । फ्रान्सले सेनेगललाई टाईब्रेकरमा ५–३ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

क्वाटरफाइनल समिकरण पूरा

त्यस्तै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । नोभेम्बर २४ तारीख शुक्रबारदेखि शुरु हुने क्वाटरफाइनलतर्फ पहिलो क्वाटरफाइनलमा दुई दावेदार टोली स्पेन र जर्मनी भिड्ने छन् । त्यस्तै सोही दिन दोस्रो क्वाटरफाइनलमा ब्राजील र अर्जेन्टिना पनि आमने सामने हुनेछन् ।

त्यस्तै नोभेम्बर २५ तारीख शनिबारका दिन हुने तेस्रो क्वाटरफाइनलमा फ्रान्सले उज्वेकिस्तानको सामना गर्दा सोही दिन चौथो क्वाटरफाइनलमा माली र मोरक्को भिड्ने छन् ।

 

Post Comments