News स्यादा हुम्ला गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

सिमकोट । स्यादा युथ क्लब यहाँ जारी प्रथम हुम्ला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हुम्ला सिमकोट खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ स्यादाले पत्रकार महासंघ हुम्लालाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

हुम्ला फुटबल एकेडेमी, सिमकोट, हुम्लाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेता १ लाख १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments