News फिफा यु–१७ विश्वकपः फाइनलमा जर्मनी र फ्रान्स भिड्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली राष्ट्र इण्डोनेसियामा जारी फिफा यु–१७ विश्वकपको फाइनलमा जर्मनी र फ्रान्स उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ जर्मनीले बलियो र दावेदार प्रतिद्वन्द्वी अर्जेन्टिनालाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा फ्रान्सले प्रतियोगिता भरि सनसनीपूर्ण नतिजा निकाल्दै अन्तिम चार सम्म पुगेको मालीलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्न सफल भएको हो ।

अब तेस्रो स्थानका लागि हुने प्ले अफ म्याचमा डिसेम्बर १ तारीखका दिन अर्जेन्टिना र माली भिड्ने छन् भने त्यसको भोलीपल्ट डिसेम्बर २ तारीखका दिन जर्मनी र फ्रान्स फाइनलमा भिड्ने छन् ।

Post Comments