News
वैवाहिक बन्धनमा राष्ट्रिय खेलाडी पुजा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित तथा महत्वपूर्ण सदस्य पुजा राना वैवाहिक बन्धनमा बाँकिएकी छिन् । पुजाले आफ्नो प्रेमी अमृत घलेसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।
राष्ट्रिय फुटबल टोलीको रुक्षापंक्ति सम्हाल्ने पुजाले आफ्नो विवाह केही समय अघि भए तापनि त्यसलाई आधिकारिक रुपमा घोषणा नगरेको बताईन् । “केही आफ्नै कारणले गर्दा विवाह लगतै आधिकारिक रुपमा कसैलाई जानकारी गराएनौं । केही नजिकका बाहेक धेरैलाई मेरो विवाहबारे थाहा छैन ।” पुजाले बताईन् ।
हाल नेपाल पुलिसमा जागिरेसँगै पुलिसबाटै व्यवसायीक फुटबल समेत खेलिरहेकी पुजाले विवाह पश्चात पनि फुटबल करियरलाई भने अझै अगाडी बढाउँदै लैजाने बताईन् । पुजा भन्छिन्, “विवाह गरे पनि फुटबल करियरलाई अझै निरन्तरता दिने विचारमा छु ।”
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)