News हेटौडाका तीन राष्ट्रिय यु–१६ खेलाडीहरु सम्मानित
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटौडामा सम्पन्न भएको स्व. सुदर्शन घिमिरे स्मृती युथ–२१ फुटबल प्रतियोगितामा केही महिना अघि भुटानमा भएको युथ–१६ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामामा नेपालको प्रतिनिधित्व गर्ने मकवानपुरका तिन खेलाडीलाई नगद सहित सम्मान गरिएको छ ।

बुघबार भएको स्व. सुदर्शन घिमिरे स्मृती युथ–२१ फुटबल प्रतियोगिताको फाइनलमा सम्मान तीन खेलाडीहरुलाई गरिएको हो । गोलरक्षक बिशेष बानियाँ, डिफेन्डर भुवन कामी र फरवार्ड सन्तोष गोङबालाई नगद दुई हजार पाँच सय सहित सम्मान गरिएको हो । भुवन कामी र गोलरक्षक बिशेष बानियाँ एन्फाको युथ परियोजना अन्र्तगत बानियाँ न्युरोडटिम (एनआरटी) क्लब एकेडेमीमा अनुबन्धीत छन भने कामी त्रिभुवन आर्मी क्लबको क्लब एकेडेमीमा रहेर फुटबल खेल्दै आईरहेका छन ।

स्मरण रहोस, बुधबार भएको स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौडा च्यालेञ्ज कपको उपाधि रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरले जितेको छ । फाइनलमा एन्फा मकवानपुरले रियल स्टार क्लबलाई ४–० ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

Post Comments