News फिफा वरियतामा तल खस्कियो नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्बर महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल दुई स्थान तल खस्किदै १७५औं स्थानमा पुगेको छ । फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ युएई र यमनसँगको हारले नेपालको वरियता खस्किएको हो ।

दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थान मै यथावत छ । त्यस्तै फिफा वरियताको १०२औं स्थानमा यथावत रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा पनि कायम छ । एक स्थान माथि उक्लिदै १६०औं स्थानमा पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।

१८३औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने दुई स्थान तल झदैं १८४औं स्थानमा पुगेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १९३औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा एक स्थान सुधार गर्दै २०१औं स्थानमा उक्लिएको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियतामा अर्जेन्टिना कै शिर्षता

त्यसैगरी फिफाको ताजा वरियतामा विश्व च्याम्पियन अर्जेन्टिना शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा फ्रान्स रहँदा तेस्रो स्थानमा एक स्थान सुधार गर्दै माथि उक्लिएको इङल्याण्ड रहेको छ । यसअघि तेस्रो स्थानमा रहेको ब्राजील भने दुई स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ ।

Post Comments