काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्बर महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल दुई स्थान तल खस्किदै १७५औं स्थानमा पुगेको छ । फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ युएई र यमनसँगको हारले नेपालको वरियता खस्किएको हो ।
दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थान मै यथावत छ । त्यस्तै फिफा वरियताको १०२औं स्थानमा यथावत रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा पनि कायम छ । एक स्थान माथि उक्लिदै १६०औं स्थानमा पुगेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
१८३औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा छ भने दुई स्थान तल झदैं १८४औं स्थानमा पुगेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । १९३औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ छैठौं स्थानमा रहँदा एक स्थान सुधार गर्दै २०१औं स्थानमा उक्लिएको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
विश्व वरियतामा अर्जेन्टिना कै शिर्षता
त्यसैगरी फिफाको ताजा वरियतामा विश्व च्याम्पियन अर्जेन्टिना शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानमा फ्रान्स रहँदा तेस्रो स्थानमा एक स्थान सुधार गर्दै माथि उक्लिएको इङल्याण्ड रहेको छ । यसअघि तेस्रो स्थानमा रहेको ब्राजील भने दुई स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै