News च्याम्पियनसिप छनौट खेल्न नेपाली यु–१८ टोली थाइल्याण्ड जाने
गोलनेपाल

नेपाल यु–१८ महिला फुटबल टोली एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौट खेल्न थाइल्याण्ड जाने भएको छ ।

एएफसी यु–१९ महिला च्याम्पियनसिप आगामी बर्षको २७ अक्टुबरदेखि ९ नोभेम्बरसम्म थाइल्याण्ड मै हुन गईरहेको छ ।

आउँदो अक्टुबर २४ देखि २८ तारीखसम्म थाइल्याण्डमा हुन गईरहेको छनौट प्रतियोगितातर्फ नेपाल, आयोजक थाइल्याण्ड, भारत र पाकिस्तानसँगै समूह बी मा रहेको छ ।

नेपालले आफ्नो पहिलो खेल २४ अक्टुबरका दिन आयोजक थाइल्याण्डसँग खेल्नेछ भने दोस्रो खेल २६ अक्टुबरका दिन भारतसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल २८ अक्टुबरका दिन पाकिस्तानसँग खेल्नेछ ।

प्रत्येक समूहबाट समूह विजेता र उत्कृष्ट उपविजेता टोली गरी कुल ६ टोली दोस्रो चरणका लागि छनौट हुनेछन् । दोस्रो चरणका खेलहरु आगामी बर्षको २२ देखि ३० अप्रिलसम्म हुनेछन् ।

Post Comments