News
सी डिभिजन लिग काठमाडौं बाहिर गर्ने तयारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो फागुन १५ गतेदेखि आयोजना गर्न लागेको शहिद स्मारक सी डिभिजन लिग काठमाडौं बाहिर गराउने योजनामा रहेको छ । उपत्यका बाहिर सी डिभिजन लिग आयोजना गराउन आवश्यक गृहकार्य भईरहेको एन्फा महासचिव किरन राईले बताए ।
त्यसैबीच टिकेटिङ, मार्केटिइङ र डिजिटल राईट्स पाएको एमडिएसी र एन्फा बीच थप सहमति र सहकार्य पनि भएको छ । सहमति अनुसार यदि सी डिभिजन उपत्यका बाहिर आयोजना भए गेट टिकट बिक्रीबाट आम्दानी भएको रकमको ५० प्रतिशत एन्फालाई सहयोग गर्नुपर्नेछ ।
साथै उक्त रकमबाट उपत्का बाहिरका स्थानीय आयोजक र सहभागि क्लबहरुलाई थप सहयोग उपलब्ध गराइने पनि महासचिव राईले जानकारी दिए । यद्यपि काठमाडौं बाहिर कुन ठाउँमा सी डिभिजन लिग हुने हो, त्यसबारे भने अझै आधिकारिक रुपमा खुलाइएको छैन ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान