News चितवन भर्सेज ललितपुरः अझै दोस्रो जित कै खोजीमा दुई टोली
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ आइतबार हुने एक मात्र खेलमा एफसी चितवन र ललितपुर सिटी फुटबल क्लब भिड्दै छन् । शिर्ष चार कै होडमा रहेका यी दुवै टोली अझै दोस्रो जितको खोजीमा छन् ।

लिगमा अहिलेसम्म अपराजित ललितपुर १ जित र ३ बराबरीसहित ६ अंकका लिगतालिकाको चौथो स्थानमा रहँदा ४ खेलबाट १ जित, दुई बराबरी र एक हारका साथ ५ अंक जोडेको चितवन पाँचौं स्थानमा छ ।

आजको खेल जित्ने टोलीलाई शिर्ष चारको स्थानमा आफ्नो पकड बलियो बनाउने अवसर पनि छ । त्यसैले पनि आज साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुने खेलमा दोस्रो जितको खोजिमा रहेका दुवै टोली चितवन र ललितपुरबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

 

Post Comments