फिदिम । चिरपरिचित प्रतिद्वन्द्वी बिर्तामोड युनाइटेड एफसी झापालाई पराजित गर्दै मोरङको डाँगीहाट एफसी यहाँ आयोजित प्रथम किरात गोल्डकप च्याम्पियन बनेको छ ।
शनिबार फिदिम माविको खेलमैदानमा भएको फाइनल खेलमा मोरङले झापालाई २-१ गोलअन्तरमा पराजित गर्दै गोल्डकपको च्याम्पियन बनेको हो । मोरङका लागि सञ्जय धिमाल र उमेश राईले गोल गरे ।
हजारौँ दर्शकले भरिएको फाइनल खेलमा झापाका लागि कप्तान योगेश गुरुङले मात्र इन्जुरी समयमा गोल फर्काएका थिए । झापाले उपविजेता बन्दै नगद २ लाख २ हजार २२२ रुपैयाँ चित्त बुझायो । च्याम्पियन बनेको मोरङले नगद ४ लाख ४ हजार ४४४ र आकर्षक ट्रफी पायो ।
फाइनल खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद ५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङका अभिषेक लिम्बू बने । उनलाई नगद २५ हजार दिइयो ।
यस्तै, प्रतियागितामा ३ गोल गरेका मोरङका सञ्जय धिमाल सर्वाधिक गोलकर्ता हुँदै १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक मोरङका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्डर मोरङका मानबाहादुर परियार, उत्कृष्ट मिडफिल्डर मोरङका उमेश कार्की, उत्कृष्ट प्रशिक्षक मोरङका राज लिम्बू बने । उनीहरु सबैले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश