News मनहरी गाउँपालिका चौथो अध्यक्ष कपको तयारी पूरा
बिक्रम बानियाँ क्षेत्री

मनहरी । मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० को तयारी पूरा भएको छ । खेलकुद विकास समिति मनहरीको आयोजनामा मंसिर ३० गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा गाउँपालिकाका नौवटा वडाको सहभागिता रहनेछ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समिति संयोजक विरु लामाले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद दशहजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५/५ हजार रुपैयाँ प्राप्त गर्ने समिति सदस्य कविन दर्लामीले बताए ।

प्रतियोगिताको उद्घाटन समारोहमा मनहरी गाउँपालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश भएका दुईजना फुटबलरलाई सम्मानित गरिनेछ । प्रतियोगितामा करिब आठलाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले प्रतियोगिताका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको छ । पत्रकार सम्मेलनमा पालिका अध्यक्ष रञ्जन कालाखेतीले खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वर्षेनी प्रतियोगिता सञ्चालन गरिने बताए । उनले विभिन्न खेलहरुमा योजनाबद्ध तवरबाट पालिकाले लगानी गरिरहेको र क्रमशः त्यसबाट नतीजा निस्कन थालेको बताए ।

Post Comments