News फिफा वरियतामा तल झर्यो महिला टिम नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिसेम्बर महिनाका लागि निकालेको ताजा महिला वरियतामा टिम नेपाल चार तल खस्किदै १०५औं स्थानमा झरेको छ । दक्षिण एसियातर्फ भने नेपाल भारतपछि दोस्रो स्थानमा छ ।

फिफा वरियताको ६५औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । त्यस्तै १४०औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ । १५७औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ चौथो स्थानमा छ, भने १५८औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।

१६२औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ छैठौं स्थानमा छ भने १७२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व च्याम्पियन स्पेन शिर्ष स्थानमा

त्यसैगरी विश्व फिफा वरियताको शिर्ष स्थानमा विश्व विजेता स्पेन रहेको छ । दोस्रो स्थानमा अमेरिका छ भने तेस्रो स्थानमा फ्रान्स रहेको छ ।

 

Post Comments