News वार्ड नम्बर ९ लाई तानसेन मेयर कपको उपाधि
सुरज राना मगर

तानसेन । यहाँ सम्पन्न प्रथम तानसेन मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ९ ले जितेको छ । टुंडिखेल मैदानमा भएको उपाधि भिडन्तमा वार्ड नम्बर ९ ले वार्ड नम्बर १ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

विजेता बनेको वार्ड नम्बर ९ ले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता वार्ड नम्बर १ ले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । वार्ड नम्बर ९ का आशिष राना प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका मेयर सन्तोष लाल श्रेष्ठ, उप–प्रमुख प्रतिक्षा सिंजाली, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विर जंग राणा लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

तानसेन नगरपालिका, पाल्पाको आयोजनामा मंसिर २० गतेदेखि शुरु भएको प्रतियोगितामा तानसेन नगरका कुल १० वार्डका टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments