News प्रिति र दिपा सम्मिलित किकस्टार्टको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । भारतको चर्चित महिला आई लिगमा डेब्यु सिजन खेलिरहेका महिला फुटबलमा नेपालका दुई उदाउँदा स्टारद्वय प्रिती राई र दिपा शाही सम्मिलित किकस्टार्ट एफसीले लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार बैंगलुरु फुटबल स्टेडियममा भएको खेलमा किकस्टार्टले इष्ट बंगाललाई ३–१ ले हरायो । किकस्टार्टको जितमा तिनै गोल करिश्मा पुरुषोत्तमले गरिनन् । करिश्मा नै खेलको प्लेयर अफ द म्याच समेत चुनिईन् ।

खेलमा प्रिती र दिपाले किकस्टार्टका लागि पहिलो रोजाई मै रहेर खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका पनि खेले । यो जितपछि २ खेलबाट ६ अंक जोडेको किकस्टार्ट लिगतालिकाको शिर्ष स्थानमा छ । पराजित इष्ट बंगाल भने ३ अंकका साथ चौथो स्थानमा छ ।

Post Comments