News किरनको टोली पञ्जाबको पहिलो जित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । यसै सिजन भारतीय फुटबलको शिर्ष डिभिजन इण्डियन सुपर लिग (आइएसएल) मा बढुवा भएको किरन चेम्जोङको टोली पञ्जाब फुटबल क्लबले आफ्नो ११औं खेलमा सिजनको पहिलो जित हात पारेको छ ।

घरेलु मैदान जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा पञ्जाबले चेन्नईनमाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्दै लिगमा सिजनको पहिलो जित दर्ता गर्न सफल भएको हो । खेलको ५६औं मिनटमा फ्रेन्च मिडफिल्डर मदिह तलालले गरेको एक मात्र गोल पञ्जाबलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

खेलमा किरनले पनि टोलीको पहिलो रोजाई मै रहेर पूरा समय खेले । यो जितपछि ११ खेलबाट ८ अंक जोडेको पञ्जाब लिगतालिकाको १०औं स्थानमा छ । पराजित चेन्नईन भने १२ अंकका साथ छैठौं स्थानमा छ । पञ्जाबले आफ्नो आगामी खेल २६ डिसेम्बरका दिन ओडिसासँग खेल्नेछ ।

Post Comments