News सैनिक आवासीय र एनआरटी ल्याब फाइनलमा भिड्ने
गोलनेपाल

साँगा । यहाँ जारी २९औं आइजिपी रनिङ ट्रफी अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा सैनिक आवासीय महाविद्यालय र एनआरटी ल्याब एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा सैनिक आवासीयले आयोजक नेपाल पुलिस स्कुल (ए) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा सैनिक आवासीयका किसन थापा म्यान अफ द म्याच चुनिए ।

त्यस्तै बुधबार नै भएको दोस्रो सेमिफाइनलमा एनआरटी ल्याबले नेपाल पुलिस स्कुल धरानलाई २–१ ले उपाधि नजिक पुग्न सफल भयो । खेलमा एनआरटी ल्याबका सन्दिप शर्मा म्यान अफ द म्याच घोषित भए ।

नेपाल पुलिस स्कुल, साँगा, काभ्रेको आयोजनामा जारी प्रतियोगितामा कुल १६ विद्यालयका १७ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments