खडक । गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी प्रथम खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
बुधबार भएको तेस्रो क्वाटरफाइनलमा गाईघाटले म्याङलुङ स्र्पोटिङ क्लब, तेह्रथुमलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
टाईब्रेकरमा भने गाईघाटले ५–३ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलमा गाईघाटकी गोलरक्षक रुपा धिमाल प्लेयर अफ द म्याच घोषित भईन् । प्रतियोगिता अन्तरगत पुस ५ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल रोयल स्र्पोटिङ क्लब, झापा र रौतहट फुटबल संघ, रौतहटबीच हुने आयोजकले जानकारी दियो ।
नमो बुद्ध युथ क्लब, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०११०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५११११ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ९ गतेका दिन हुनेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा