News फारवेष्ट पशुपति कपको तयारी पुरा
गोलनेपाल

धनगढी । सुदुरपश्चिममा सफल र फरक पहिचान बनाउन सफल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको छैठौं संस्करणको तयारी पुरा भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो ।

भोलीदेखि धनगढीमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक क्लबका महासचिव ललित मिश्रले जानकारी दिए । प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै प्रतियोगिताको टफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा भाल लिएका क्लबका कप्तान सहित ट्रफी सार्वजनिक गरिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन् ।

प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Post Comments