News सुदुरपश्चिमबाट प्रशिक्षक अर्याललाई सहयोग
गोलनेपाल

धनगढी । ब्लड क्यान्सर जस्तो घातक रोगबाट थलिएका चर्चित फुटबल प्रशिक्षक प्रकाश अर्यालको सहयोगका लागि सुदुरपश्चिम पनि अगाडी सरेको छ । गोलनेपालले जारी गरेको ‘प्रशिक्षक प्रकाश अर्याल बचाऔं’ अभियानमा फारवेस्ट पशुपति युवा क्लब, कैलाली जिल्ला फुटबल संघ र फुटबल प्रशिक्षक समितिले संयुक्त रुपमा सहयोग गरेका छन् ।

धनगढीमा हालै सम्पन्न फारवेष्ट पशुपति कपको समापन पश्चात् प्रशिक्षक अर्यालको सहयोगार्थ संकलित रकम ४६३०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । स्मरण रहोस, फुटबलमा आफ्नो अधिकांश जीवन सुम्पिएका प्रशिक्षक अर्याललाई अहिले देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

शिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।

प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577

A/C 0850547722205001
PRAKASH ARYAL
LAXMI SUNRISE BANK NORMAL SAVINGS NPR
JANAKPUR BRANCH
Post Comments