News आयोजक नमो बुद्ध फाइनलमा प्रवेश
गोलनेपाल

खडक । आयोजक नमो बुद्ध युथ क्लब, सप्तरी यहाँ जारी प्रथम खडक उपमेयर महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलतर्फ नमो बुद्धले गाईघाट फुटबल क्लब, उदयपुरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । खेलमा आयोजक नमो बुद्धकी ममता राउत प्लेयर अफ द म्याच घोषित भईन ।

प्रतियोगिता अन्तरगत पुस ७ गते शनिबारको दोस्रो सेमिफाइनल खेल धरान महिला फुटबल क्लब, सुनसरी र रौतहट फुटबल संघ, रौतहटबीच हुने आयोजकले जानकारी दियो ।

नमो बुद्ध युथ क्लब, सप्तरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १०११०१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५११११ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ९ गतेका दिन हुनेछ ।

Post Comments