महुली । पेनाल्टी शुटआउटमा जित निकाल्दै एमवाइसी, सप्तरी जारी प्रथम महुली मिनी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
महुली, सप्तरी स्थित भुजेल टोल खेलमैदानमा भएको खेलमा एमवाइसीले शान्ति युथ क्लब, इटहरीलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा एमवाइसी, सप्तरीका गोलरक्षक अभिषेक चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १९ गते बुधबारको खेल बुद्ध युनिटी क्लब, रामपुर र पाथीभरा फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ को कार्यालयको आयोजना तथा महुली फुटबल क्लब, महुली, सप्तरीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २५ गतेका दिन हुनेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा