महुली । अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ को कार्यालयको आयोजना तथा महुली फुटबल क्लब, महुली, सप्तरीको सह–आयोजनामा यही मंसिर १६ गतेदेखि शुरु हुने प्रथम महुली मिनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक क्लबको भुजेल टोल खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा मंसिर १६ गतेका दिन बुढासुब्बा युथ क्लब, मोरङ र बसाहा–८ फुटबल क्लब, उदयपुर भिड्ने छन् । कुल १० टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर २५ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगर गोलनेपाल डटकम रहेको छ । र सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा